• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

२०० विपन्न परिवारलाई राहत


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र २८, २०७६

  • काठमाडौं, २८ चैत । बुद्ध वचन अनुवाद समिति नेपालले बौद्ध तथा त्यस आसपास क्षेत्रका करिब २०० विपन्न परिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण काम नपाएर जीवन निर्वाह गर्न कठिन भएका ती परिवारलाई समितिले चामल, दाल, तेल, चिनी र नुनजस्ता खाद्य सामग्री गरी २० किलो खाद्य सामग्री उपलब्ध प्रदान गरेको छ ।
    समितिले दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सम्बन्धित पक्षलाई प्रत्यक्ष भेट गरी उनीहरुको अवस्था बुझेर राहतस्वरुप खाद्य वस्तु उपलब्ध गराएको हो । यही चैत १७ गते काठमाडौँ महानगरपालिकाको बैठकले राहत वितरण गर्ने निर्णय गरी प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरेको भए पनि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारको पहिचानमा वैज्ञानिक प्रणाली कार्यन्वयन हुन नसकेका कारण विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ ।
    महानगरपालिकाले नियम बनाएर वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरेको जनाएको छ । यही चैत २१ गतेदेखि राहत वितरण शुरु गरेको समितिले एक सातामा स्थानीय बेँसीगाउँ, जोरपाटी, कृष्ण मन्दिर, नारायणटार, अपाङ्ग पुनःस्थापना केन्द्रस्थित ‘बोधिसत्व इन एक्सन’ नाम आश्रयस्थलमा खाद्य सामग्री वितरण गरेको छ ।
    कोभिड–१९ का लागि स्वास्थ्य र राहत सामग्रीका लागि करीब रु तीन लाखको बजेट विनियोजन गरिएको समितिका अध्यक्ष टीका शेर्पाले जानकारी दिनुभयो । उक्त समितिले शनिबारदेखि एक हप्तासम्म बौद्ध, पशुपति, स्वयम्भूलगायत धार्मिकस्थलका पशुपन्छी, बाँदरलगायतलाई फलफूललगायत खानेकुरा वितरण गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    फुटबल टोलीको बिदाइ

    फुटबल टोलीको बिदाइ

    एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    ताजा अपडेट
    • लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    • पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    • प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    • वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    • फुटबल टोलीको बिदाइ

    • एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    • बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    • सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा

    • मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    • कर्णाली प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology