महेश बस्नेत, किसन श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दर्ता


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख २२, २०७७

  • काठमाडौं, २२ वैशाख । नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ तथा पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको आरोपमा उजुरी दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार उजुरी दर्ता भएको हो ।

    ‘उहाहरुले उजुरी दर्ता गरिदिनु भएको छ ।’ जनता समाजवादी पार्टीका सांसद यादवका कानुनी सल्लाहकार वीरेन्द्र ठाकुरले भने, ‘अब अनुसन्धान अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुहुन्छ ।’

    सांसद यादवले पार्टी फुटाउने प्रयासमा बस्नेतको टोलीले गत वैशाख १० गते आफूलाई जबर्जस्ती जनकपुरबाट काठमाडौं ल्याइएको आरोप लगाएका छन् ।

    यसअघि वैशाख १४ मा काठमाडौं प्रहरी परिसरले उनको जाहेरी लिन अस्वीकार गरेको थियो । वैशाख १८ मा यादवले आफूलाई अपरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार