• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ २४, २०७७

  • काठमाडौँ, २४ जेठ । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले आज एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै सङ्ख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो ।
    सरकारले हालै विभिन्न देशमा रहेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने तथ्याङ्क सार्वजनिक गरेको थियो । काँग्रेसले विदेशबाट ल्याइएका नेपाली नागरिक सबैको कोरोना भाइरस पिसीआर विधिबाट परिक्षण गरी विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको क्वारेन्टिन वा अन्य प्रबन्ध मिलाउनसमेत आग्रह गरेको छ । काँग्रेसले कोरोना भाइरसको महामारी शुरु हुँदाकै समयदेखि विदेशमा रहेका घर फर्कन चाहने नेपाली नागरिकलाई सरकारले फिर्ता ल्याउनुपर्छ भन्ने धारणा राख्दै आएको जनाएको छ । काँग्रेस केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्तिमार्फत स्वदेश ल्याउनु मात्रै उपलब्धि नभई अब तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने समय आएको बताउनुभएको छ ।
    काँग्रेसले कोरोना भाइरसको महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्योलताले हुनसक्ने आर्थिक मन्दीसमेतलाई ध्यानमा राखी विदेशमा रहेका नेपाली भोलिका दिनमा ठूलो सङ्ख्यामा घर फर्कनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । आर्थिक वर्ष २०७६÷७७ को सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका पाँच लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिएको जनाउँदै उहाँले त्यसलाई अहिले कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ । विदेशबाट फिर्ता भएका नेपालीलाई रोजगारीमूलक काम दिने गरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यान्वयन गर्नुपर्ने काँग्रेसको धारणा छ ।
    विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैँले खर्च गरेर वा सम्बन्धित मुलुकका सरकारसँग कूटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउने प्रबन्ध गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको छ । विभागका प्रमुख भट्टराईले सरकारले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई शुल्क तिर्नका लागि नेपालबाट पैसा पठाउने सहज प्रबन्ध मिलाउनसमेत आग्रह गर्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    एसिडपीडितलाई निःशुल्क उपचार

    एसिडपीडितलाई निःशुल्क उपचार

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    ताजा अपडेट
    • इष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै

    • राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

    • मन्त्रिपरिषद् निर्णय : १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार

    • प्रतिनिधिसभाः बीमासम्बन्धी विधेयक पारित

    • युवा व्यवसायी राज कार्की सम्मानित

    • बाँकेमा छ हजारनयाँ मतदाता

    • पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना

    • युवामैत्री स्थानीय शासन विस्तार गरिने

    • पाल्पामा छ हजार बढी मतदाता थपिए

    • पूर्वप्रधानमन्त्री कोइरालाको ८३ औँ जन्मजयन्ती

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology