‘होम आइसोलेशन’ का आठ जनाले जिते कोरोना


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ ६, २०७७

  • कास्की,६ भदौ । पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उहाँमा थिएन । कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उहाँ अस्पताल नगई ‘निवास’ मै बस्नुभयो ।

    दृढ आत्मबल र घरेलु उपचार विधिको अवलम्वनबाट कोरोना जित्नेमा विश्वस्त उहाँका परिवारबाट छुट्टै रहेर परम्परागत खानपीन, गुर्जो, कागती र बेसारपानी निरन्तर खाएपछि शुक्रबार १२ औँ दिनमा कोरोना सङ्क्रमण मुक्त हुनुभएको छ ।

    ँआत्मबल बलियो बनाउनुपर्छ र कोरोनालाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा म शुरुआतदेखीनै दृढ थिँए ।” उहाँले भन्नुभयो,ँबेसार र ज्वानो मिसाएको पानी दिनमा तीन देखी पाँच पटकसम्म लिएँ, शक्तिवद्र्धक खानेकुरा, मासु र क्वाटीका झोल पिएर अहिले निको भएको छु ।”

    आइसोलेशनमा बस्दा पर्याप्त दूरी कायम भएकाले परिवारका अन्य सदस्यलाई सङ्क्रमण नदेखिएको तथा आफूले व्यक्तिगत समस्या नभोगेपनि कोरोनाका बिरामीलाई समाजले हेर्र्ने र गर्र्ने व्यवहारबाट बिरामीमा पर्ने मनोवैज्ञानिक असरलाई न्यूनीकरण गरेमा अस्पतालमा भन्दा होम आइसोलेशन बढी सुरक्षित रहेको उहाँको भनाई छ ।

    होम आइसोलेशनमा बस्नेको उपचारको जिम्मा स्थानीय तहमा रहेकाले एक जना स्वास्थ्यकर्मीले निरन्तर फोन सम्पर्क गर्ने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने गरेको अधिकारीले बताउनुभयो ।

    अधिकारीजस्तै कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरामा होम आइसोलेशनमा बसेका आठ जना शुक्रबार पहिलोपटक कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
    पछिल्लो समय सङ्क्रमण पुष्टि भएकाहरु अस्पतालमा पर्याप्त कक्ष नभएपछि होम आइसोलेशनमा रहेका थिए । होम आइसोलेशनमा रहेर कोरोना निको भएकाहरुमा पोखरा वडा नं १४ का तीन, वडा नं ९ का दुई तथा वडा नं ५, वडा नं १७ र वडा नं १९ का एक/एक जना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

    सरकारले पनि पछिल्लो पटक सङ्क्रमणको कुनै लक्षण तथा चिन्हहरु नभएका तथा सामान्य लक्षण भएका सङ्क्रमित व्यक्तिहरु आ–आफ्नै घरमा आइसोलेशनमा बस्ने सक्ने गरी सुविधा दिएको छ ।

    ँसङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएका तथा होम आइसोलेशन मापदण्डको पालना गर्न सक्नेहरु २७ जना आइसोलेशनमा रहेकामा शुक्रबार पहिलोपटक आठ जना फलोअप परीक्षण नतिजा नेगेटिभ आएपछि कोरोेनामुक्त हुनुभएको छ ।”महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भन्नुभयो ।

    होम आइसोलेशनमा रहेकाहरुले नियमित तापक्रम जाँच गरी स्वास्थ्यकर्मीलाई जानकारी गराउने गरेको तथा स्वास्थ्यमा समस्या आएको खण्डमा अस्पताल ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो । पोखरामा अस्पतालका सबै आइसोलेशन कक्ष बिरामीले भरिकाले सामान्य लक्षण भएकाहरुलाई घरमै राखिएको महाशाखाले जनाएको छ ।

    घरमानै आइसोलेशनमा बस्ने सङ्क्रमित तथा उनीहरुका परिवार सदस्यहरु उपचार अवधिभर घर बाहिर ननिस्कने, पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्र्ने,खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा झोलिलो तथा पोशिलो खानेकूरा खाने तथा स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिनुपर्ने लगायतका मापदण्ड तोकिएका छन् ।

    कास्कीमा हालसम्म २६९ जना कोरोना सङ्क्रमित भएकामा १६० जना निको भएका छन् । उपचार गराइरहेका विरामी ९सक्रिय केस० को सङ्ख्या १०७ रहेकामा दुई जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्र र प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग उपचार अस्पतालमा सङ्क्रमितको उपचार हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार