पेलेको लय पछ्याउँदै एम्बाप्पे बने उत्कृष्ट युवा खेलाडी


  • Frontline Nepal

सुजन चालिसे

काठमाडौँ, साउन २- फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकप फुटबलमा महान फुटबलर पेलेको किर्तिमान दोहोर्‍याएका छन् । असार ३१ मा सम्पन्न भएको विश्वकप फुटबलमा २०१८ को फाइनल खेलमा क्रोएसिया बिरुद्ध उत्कृष्ट गोल गर्दै उनी विश्वकप फुटबलको फाइनलमा गोल गर्ने दोस्रो युवा खेलाडी बनेका हुन् । १९ बर्षिय फ्रान्सेली खेलाडी एम्बाप्पे यस विश्वकपको उत्कृष्ट युवा खेलाडी समेत घोषित भए ।

उक्त खेलपश्चात् एम्बाप्पेले फुटबलका क्षेत्रमा आफु महान खेलाडी बन्ने कुराको सङ्केत गरेका छन् । १९ बर्षको उमेरमानै आफ्नो पहिलो विश्वकपको उपाधि चुम्न सफल उनलाई विश्वस्तरीय खेलाडीको रुपमा चिन्न थालिएको छ । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको समेत विश्वकप उचाल्ने सपना अधुरै रहेको अवस्थामा उनले आफ्नो विश्वस्तरीय र प्रभावशाली प्रदर्शनका साथ फ्रान्सलाई विश्वकपको उपाधि दिलाउनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

फ्रेन्च क्लब पेरीस सेन्ट जर्मनबाट व्यवसायिक फुटबल खेल्ने उनी अहिले सबैजसो ठुला क्लबको निशाना बनेका छन् । गत सिजनको ट्रान्सफर पिरीयडमा नै स्पेनिस क्लब रियल म्याड्रिड तथा बार्सिलोनाले उनलाई भित्र्याउन प्रयास गरेका थिए । उनलाई फ्रान्सेली राष्ट्रिय टिम तथा विश्व फुटबलको भविष्यको रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार