शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने



    • फ्रन्टलाइन नेपाल
    • बुधबार, साउन २, २०७५

    सुजन चालिसे

      काठमाडौँ, असार-२, नेपाली क्रिकेट टोलीका भरपर्दा बलर शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । नेपालले नेइदरल्याण्डसँग खेल्ने पहिलो एक दिवसिय खेलनै नेपालका लागि उनको अन्तिम खेल हुनेछ । खेलका लागि युरोप जानुअघिको पत्रकार सम्मेलनमा उनले आफ्नो यस्तो निर्णय सुनाएका हुन् । तर उनले नेपालमानै एउटा अन्तराष्ट्रिय खेल खेलेर नेपाली दर्शकका सामु बिदा लिने इच्छा पनि व्यक्त गरेका छन् ।

    नेपालले साउन १६ र १८ मा नेइदरल्याण्डसँग एक दिवसिय क्रिकेट खेल्दै छ । उक्त खेलबाटनै गौचनले राष्ट्रिय टोली बाट सन्यास लिन चाहेका छन् । उनले राष्ट्रिय टोलीका तर्फबाट सन् २००२ को जुलाईमा ओमन बिरुद्धको खेलमा डेब्यु गरेका थिए । दायाँ हाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचन अन्तराष्ट्रिय खेलमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार