वासिङ्टन – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नि मेलानियालाई कोभिड९१९ संक्रमण पुष्टि भएको छ। स्थानीय समय अनुसार बिहीवार राति उनमा संक्रमण पुष्टि भएको हो। ट्रम्पले आफु र आफ्नी पत्नी मेलानियालाई संक्रमण भएको ट्वीटमार्फत जानकारी गराएका थिए।
सूरुसूरुमा चीनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । तर पछिल्ला दिनमा उनने मास्क लगाउदै आएका थिए । हाल ट्रम्प दम्पती क्वारेन्टाइनमा छन्।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिएका छन् । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । डाक्टर कोन्लेका अनुसार राष्ट्रपति ट्रम्प र प्रथम महिला ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने छन् ।
ह्वाइट हाउसस्थित चिकित्सकको विशेष टोलीको प्रत्यक्ष निगरानीमा राष्ट्रपति र प्रथम महिला रहने उनले दिए ।