सचिव स्तरीय टोलीसँग वार्ता गनुृको औचित्य छैन : डाक्टर के.सी.


  • Frontline Nepal

किरण खतिवडा

काठमाडौँ,साउन २- सरकारले प्रस्तुत गरेको चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै १९ दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीले कर्मचारीमात्र सम्मिलित सरकारी टोलीसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

सरकारले शिक्षा सचिव खगराज बराल नेतृत्वको टोलीलाई डाक्टर केसीसँग वार्ताका लागि पठाएको थियो । तर पटक पटकको वार्तापश्चात पनि निचोड नआएपछि डाक्टर केसीले बुधवार विज्ञप्ति जारी गर्दै मन्त्रिसँगमात्र वार्ता गर्ने जनाएका छन् ।

आवश्यक म्यान्डेटनै तयार नगरि कर्मचारी स्तरिय टोलीलाई वार्तामा पठाएर सरकारले झारा टार्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । आफ्नो माग पुरा गर्न सरकार अझै जिम्मेवार र संवेदनशील नभएको उनको आरोप छ । वार्तालाई निष्कर्षमा पुर्‍याउनका लागि तत्काल विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेट सहितको मन्त्रिस्तरीय वार्ता टोली पठाउन सरकारलाई उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार