डाक्टर केसीको समर्थनमा रौतहटमा सरकार विरुद्ध बिरोध प्रदर्शन


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज २४, २०७७

  • रमेश सापकोटा, रौतहट, २४ असोज । रौतहटको चन्द्रनिगाहपुर (चन्द्रपुर) चोकमा आज १९ औ पटक अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा तथा उनले उठाएका माग पुरा गर्न दबाब दिँदै जुलुस प्रर्दशन भएको छ । नेपाल तरुण दल चन्द्रपुर नगर समिति र बिपि कोईराला युबा नेतृत्व विकास मन्च जिल्ला कार्यसमिति रौतहटको संयुक्त आयोजनामा गरिएको दबाब मुलक कार्यक्रममा बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित र्याली निकालिएको हो ।

    गरिब दु:खी असहाय लगाएत आम नागरिकले पाउनुपर्ने अधिकारको लागि डाक्टर केसीले उठाएको मागप्रति सरकारले कुनै चासो र गम्भीरता नदेखाएपछि देशका बिभिन्न भागमा र्याली, जुलुस, धर्ना, अनसन जस्ता कार्यक्रम हुदै आएका छन् । स्वास्थ्य क्षेत्रमा र स्वास्थ्य सम्बन्धि शिक्षा क्षेत्रमा भएका बिकृती, विसंगती विरुद्ध डाक्टर केसी देशका बिभिन्न भागमा पटक–पटक गरि अहिलेसम्म १९ औं पटक अनसन बस्दै आएपनि उनले उठाएको मागप्रति सरकार सकारात्मक नभएको आरोप शहरदेखि गाउँसम्म सुनिन थालेको छ ।

    आज भएको उक्त कार्यक्रममा हाम्रो स्वास्थ हाम्रै हातमा हामी सबै डाक्टर केसीको साथमा , अनसन प्रष्ट छ, मेडिकल माफिया भ्रस्ट छ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चन्द्रनिगाहपुरको बिभिन्न भागमा जुलुसले परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । ‘डाक्टर केसी मागहरु जायज छन् । आम जनताको हितमा उठाइएका मागहरु केन्द्रिय सरकारले तुरुन्त सम्बोधन गर्नुपर्छ ।’ फ्रन्टलाइन नेपालसङ्ग कुरा गर्दै कार्यक्रममा उपस्थित प्रदेशसभा सदस्य मा धनलाल थोकरले भने । उक्त कोणसभालाई सम्बोधन गर्दै क्षेत्र न. ४ का क्षेत्रिय सभापति राम स्नेहीले सहज र सुलभ तवरले हरेक नेपालिले शिक्षा लिन पाउनु पर्ने, हरेक जिल्लामा मेडिकल कलेजको व्यवस्था हुनुपर्ने साथै सम्पुर्ण नेपालीले निस्शुल्क स्वास्थ सेवा पाउनु पर्ने कुरामा जोड दिए । त्यस्तै महासमिति सदस्य मुकेश गिरिले सरकारले डाक्टर केसीको माग चाडै सम्बोधन नगरे आफुहरु सरकार विरुद्ध कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

    आज गरिएको दबाबमुलक कार्यक्रममा प्रदेश सभा सदस्य माननिय धनलाल ठोकर, प्रदेश ४ ‘क’ संयोजक नरेस लामिछाने, महासमिति सदस्य मुकेश गिरि, बृन्दाबन वडा नम्बर ६ वडा अध्यक्ष शेख अस्लम, जिल्ला सदस्य सुमन गौतम, ने.बि. संघ पूर्व जिल्ला सभापति सुबास कोइराला र देवराज कार्कि, क्षेत्रीय सचिव बिनोद गुप्ता, नगर उप सभापति केदार थापा र युवा नेता नेत्र ब। कुश्वार, अरुण लामा, जक्सन मिया लगाएत तरुण दल नगर उप सभापति शम्भु थापा बिपि कोइराला युवा नेतृत्व विकास जिल्ला संयोजक अधिकार लामिछाने लगाएत स्थानिय बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार