प्रहरीको बल प्रयोगपश्चात डा. केसी काठमाडौँ आउन तयार



    • फ्रन्टलाइन नेपाल
    • बिहिबार, साउन ३, २०७५

    काठमाडौँ, असार ३, २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौँ आउन सहमत भएका छन् ।

    आज बिहान प्रहरी र केसी समर्थक बिच भएको झडपमा दर्जनौँ विद्यार्थी तथा प्रहरी घाइते भएका छन् । केसीलाई काठमाडौँ ल्याउनको लागि प्रहरी टोली बिहानै हेलिकप्टरका साथ जुम्ला पुगेको थियो । केसी समर्थक विद्यार्थीहरुले निरन्तर बिरोध गरिरहेपछि प्रहरीले बाध्य भएर लाठी चार्ज र अश्रु ग्याँस प्रहार गरेको थियो । यसै क्रममा झडप हुँदा अस्पतालका भौतिक सामाग्री समेत क्षतिग्रस्त भएका छन् भने एक प्रहरी जवानको छातीमा गोली लागेको छ ।

    झडपका कारण अस्पताल रणभूमिमा परिणत भई आफ्ना कयौँ समर्थक विद्यार्थी घाइते भएपछि डा. केसी विद्यार्थीको रक्तपात सहन नसक्ने भन्दै काठमाडौँ आउन तयार देखिएका छन् । यद्यपि उनले काठमाडौँ आएपनि अनसन भने निरन्तर गरिरहने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार