नेइमारले तोडे रोनाल्डोको रेकर्ड


  • Frontline Nepal

पेरीस सेन्ट जर्मेन पीएसजीका स्टार नेइमारले ब्राजिलको राष्टिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा ब्राजिली लिजेन्ड रोनाल्डो नजाइरोलाई पछि पारेका छन् ।

विश्वकप छनोट अन्तर्गत बुधबार पेरुविरुद्धको खेलमा ह्याट्रिक गरेसँगै नेयमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका हुन् ।गएराति भएको खेलमा ब्राजिलले ४-२ गोल अन्तरले पेरुलाई हराउँदा नेइमारले ह्याट्रिक गरेका थिए ।  उक्त ह्याट्रिकसँगै नेयमारले ब्राजिलका लागि ६४ गोल पुरा गरे ।

२८ वर्षीय नेयमारले पूर्व लिजेण्ड रोनाल्डोको ९८ खेलबाट ब्राजिलका लागि ६२ गोलको रेकर्ड तोडेका हुन् ।ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान भने पेलेको नाममा रहेको छ । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् । पेलेले ९२ खेलमा कीर्तिमानी गोल गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार