आइपीएल आजः पन्जावलाई जिन्तैपर्ने दवाव


  • Frontline Nepal

इन्डियन प्रीमिएर लिग आइपीएल अन्तरगत आज किंग्स इलाभेन पञ्जाव र रोयलच्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदै छ । यो सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेको पन्जाब तुलनात्मक रुपमा बलियो प्रतिस्पर्धिको सामना गर्दै छ । अहिलेसम्म खेलेका सात मध्य ६ खेलमा पराजय भोगेको पन्जावका लागि प्रतियोगितामा अगाडि बढ्नका लागि बाँकि सबै खेलमा जित निकाल्न आवश्यक देखिन्छ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरुहुने छ ।

आजको खेलमा पन्जावका बिस्फोटक ब्याट्सम्यान क्रिस गेल खेल्ने सम्भावना रहेको छ । उनले यो सिजन खेल्ने अवसर पाएका छैनन् । गेललाई खेलाउँदा ग्लेन म्याक्सवेल बाहिर बस्नु पर्ने अवस्था हुन सक्छ । किन भने अहिलेसम्म म्याक्सवेलको ब्याट राम्रोसँग चल्न सकेको छैन । ब्याट्सम्यानको रुपमा कप्तान केएल राहुल र मयंक अग्रवालले राम्रो प्रदर्शन गरेपनि उनीहरुको बलिङ भने निकै नै कमजोर देखिएको छ । पन्जाव आज जारी सिजनको दास्रो जित निकाल्दै अंक तालिकामा सुधार गर्ने दाउमा छ भने बैंग्लोर आपm्नो उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार