एनरिक नोर्टजेको कीर्तिमानः बने आइपीएल इतिहासकै तीब्र बलर


  • Frontline Nepal

दक्षिण अफ्रिकी बलर एनरिक नोर्टजे आइपीएल क्रिकेट इतिहासकै तीब्र गतिमा बल फाल्ने बलर बनेका छन् । दिल्ली क्यापिटल्सका नोर्टजेले राजस्थान रोयल्सविरुद्धको खेलमा सर्वाधिक तीव्र गतिमा बल फाल्दै उक्त कीर्तिमान कायम गरेका हुन् । राजस्थानविरुद्ध बलिङ गर्ने क्रममा उनले १५६.२२ किलोमिटर प्रतिघण्टाको गतिमा बल फाल्दै आईपीएलमा नयाँ रेकर्ड बनाएका हुन् ।

यसअधि सन् २०१२ मा डेल स्टेनले १५५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आईपीएलमा बलिङ गरेका थिए । यो नै आईपीएलमा सर्वाधिक गतिको बल थियो । स्टेन पनि दक्षिण अफ्रिकी बलर हुन् । आइपिएलमा यस सिजन तीव्र गतिमा बल फाल्ने खेलाडीको शीर्ष १० मा ६ पटक नोर्टजकैे नाम रहेको छ । त्यस्तै चारपटक इङ्ग्ल्यान्डका बलर जोफ्रा आर्चरको नाम समावेश छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार