म्याड्रिडमा हाजार्ड छिटै चम्किने कोर्टुवाको विश्वास


  • Frontline Nepal

रियल म्याड्रिडका गोलकिपर थिबउट कोर्टुवाले आफ्ना बेल्जिएम तथा म्याड्रिड सहकर्मी इडेन हाजार्ड छिटै लयमा आउने विश्वास व्यक्त गरेका छन् । उनले हाजार्ड हाल राम्रोसँग नियमित प्रशिक्षणरत रहेको र छिटै मैदानमा फर्कँदै आफ्नो उत्कृष्ट लयमा फर्कने बताएका छन् ।

चेल्सीमा रहेका हजार्डलाई मड्रिडले २०१९–२० सीजनमा १५० मिलियन स्टर्लिङ पाउण्डमा आबद्ध गरेको थियो । क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि रियल म्याड्रिड सम्हाल्ने आशाका साथ भित्र्याइएका हाजार्डले सोचेअनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन् । महङ्गो मुल्य तिरेर भित्र्याइएका उनि पटकपटक चोट बोक्दै बेन्चमै सीमित हुन थालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार