कुँवरलाई एनआरएनको बधाइ


  • Frontline Nepal

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैर आवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाइ दिएको छ । प्रतिष्ठानका सल्लाहकार कुँवरलाई राखेपको बोर्ड सदस्यमा नियुक्त भएकोमा बधाइ दिएको हो ।


एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेश राणा, प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयंभूराज डंगोललगायतले कुँवरलाई बधाइ पत्र प्रदान गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
कुँवरलाई गत असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । कुँवर अघिल्लो कार्यकालमा पनि राखेप सदस्य थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट