युइएफए च्याम्पियन्स लिग ः रियाल मड्रिडलाई शाख्तर डोनेस्कको चुनौती


  • Frontline Nepal

स्पेनिस महारथी रियाल मड्रिडले च्याम्पियन्स लिगको समुहको आफ्नो पहिलो खेलमा आज शाख्तर डोनेस्क संग खेल्दैछ ।
खेल नेपाली समय अनुसार राति १० ः ४० मा सुरु हुनेछ । रियालले आफ्नो घरेलुमैदानमा शाख्तरलाइ स्वागत गर्नेछ । रियल पहिलो खेलमा जितका साथ च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्न चाहन्छ । तर उसका कप्तान तथा भरपर्दा डिफेन्डर सर्जियो रामोस गत ला लिगाको काडिज संगको खेलका क्रममा घाइते भएपछि रियल केहि समस्यामा देखिएको छ ।  रिएलले आगामी आइतबार एल क्लासिकोमा बार्सीलोनाको भ्रमण गर्दैछ । तसर्थ आजको खेल रियलका लागि एकदमै महत्वपुर्ण रहेको छ । आजको खेलमा सुखद सुरुवात गर्दै रियल आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । च्याम्पियन्स लिग अघिको खेल ला लिगामा काडिजसंग एक शुन्य गोलले पराजित भएपछि रियालको आलोचना भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट