क्रिकेटको सफलतापछि सन्दिप लामिछाने अब गायनमा पनि


  • Frontline Nepal

काठमाडौँ, असार ३, नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट युवा बलर सन्दिप लामिछानेले आफ्नो ‘उदास थियो’ बोलको गीत बजारमा ल्याएका छन् । क्रिकेटका क्षेत्रमा आफुलाई अब्बल साबित गर्दै सम्पूर्ण नेपालीका साथै विश्वमा नै क्रिकेट प्रेमीहरुको मन जित्न सफल लामिछाने गायनमा पनि आफुलाई सफल बनाउने प्रयासमा छन् ।

सानैदेखि सङ्गीतको क्षेत्रमा रुचि रहेको बताउने लामिछानेले विभिन्न कार्यक्रमहरुमा पनि छोटामीठा गीतहरु गाउँदै आएका थिए । उनको यस गीतमा आफ्नै कम्पोजिसन रहेको छ । यस गीतको अफिसियल भिडियो समेत सार्वजनिक भइसकेको छ जसमा जीवन भट्टराई र सृष्टि खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार