युभेन्ट्सको दास्रो जित, चम्किए मोराटा


  • Frontline Nepal

च्याम्पियन्स लिग फुटबल अन्तरगत गएराति भएको खेलमा इटालियन क्लब युभेन्ट्सले जित निकालेको छ ।

समूह चरण अन्तर्गतको खेलमा युक्रेनी क्लब एफटिसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै युभेट्सले दोस्रो जित निकालेको हो । युभेन्टसको जितका लागि अल्भारो मोराटा र पउलो डिबालाले गोल गरे । एफटिसीको मैदानमा अल्भारो मोराटाले सातौं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ –० को अग्रता बनाएको युभेन्ट्सले ६० औं मिनेटमा मोराटाकै गोलबाट अग्रता दोब्बर बनायो । दोस्रो हाफमा मोराटाको स्थानमा मैदान छिरेका पाउल डिबालाले खेलको ७३ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३–० को अग्रता दिलाए । ८१ औं मिनेटमा एफटिसीका लाशा डीभालीले आत्मघाती गोल गर्दा युभेन्ट्स ४–० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा घरेलु टोलीका फ्रान्क बोलीले एक गोल गरेपनि युभेन्ट्स ४–१ ले विजयी भयो  ।

युभेन्ट्सको जितसँगै यसै सिजन एट्लेटिको म्याड्रिडबाट क्लब भित्रीएका अल्भारो मोराटाले आफ्नो उत्कृष्ट लय कायम राखेका छन् । जितसँगै समूह ’जी’ को युभेन्ट्सले ३ खेलमा ६ अंक जोडेको छ । युभेन्ट्स समूहको दोस्रो स्थानमा रहेको छ । एफटिसी ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट