आईपीएल फाइलनमा मुम्बई ब्याक टु ब्याक, पाँचौ पटक उपाधि उचाल्ने मौका


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, कार्तिक २१, २०७७

  • इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्स लगातार दास्रो बर्ष फाइनलमा प्रवेश गरेको छ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

    दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

    यससँगै मुम्बइ छेटौँ पटक आईपीएल फइनलमा प्रवेश गरेको छ । आईपीएल इतिहासकै सर्वाधिक सफल टिम मुम्बइ यसअघि सन २०१०, २०१३, २०१५, २०१७ र २०१९ मा फाइलन पुगेको थियो । पाँचमध्ये चार फाइनल जितेको मुम्बइलाई पाँचौ पटक उपाधि उचाल्ने मौका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार