रियल मड्रिडका हाजार्ड र क्यासेमिरोलाई कोरोना संक्रमण


  • Frontline Nepal

रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र मिडफिल्डर क्यासेमिरोलाई कोरोना संक्रमण भएको क्लबले जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै क्लबले आफ्ना २ स्टारलाई कोरोना संक्रमण भएको जनाएको हो । क्लबका अन्य खेलाडी तथा कर्मचारीमा भने कारोना नदेखिएको क्लबले जनाएको छ ।


युईएफए च्याम्पिएन्स लिग अन्तरगत समुह चरणको खेलमा इटालिएन इन्टर मिलानलाई ३–२ ले पराजित गरेको रियल ला लिगा अन्तरगत भ्यालेन्सियासँगको खेलको लागि तयारीमा जुटेको थियो । लामो समय चोटका कारण बाहिर रहेका विंगर हाजार्ड बिस्तारै लय समात्ने संकेत दिइरहेको अवस्थामा कोरोना संक्रमणका कारण अब केहि समय मैदानबाहिर रहने भएका छन् । जिदानलाई उनको स्थानमा खेलाउन पर्याप्त विकल्प छन् । यस सिजन ला लिगामा उत्कृष्ट प्रदर्शन गरीरहेको रियललाई क्यासेमिरोको कमी भने अवश्य खड्कनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार