बार्सिलोनालाई थप समस्या, फातीले बोके चोट


  • Frontline Nepal

घुँडाको चोटका कारण बार्सिलोनाका युवा स्टार अन्सु फाती ४ महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । १८ वर्षीय फाती रियल बेटिससँगको खेलमा घाइते भएका थिए । बार्सिलोनाले ५–२ को जित निकालेको खेलमा उनले पहिलो हाफ मात्र खेलेका थिए ।

चोट बोकेसँगै उनलाई स्पेनको राष्ट्रिय टोलीमा समावेश नगरी उनको स्थानमा रियल म्याड्रिडका मार्को असेन्सियोलाई मौका दिइएको छ ।
फातीले चोट बोकेसँगै यस सिजन राम्रो प्रदर्शन गर्न नसकेको बार्सिलोना थप समस्यामा परेको छ । बार्सिलोनाबाट उत्कृष्ट प्रदर्शन गरीरहेका फातीले निरन्तर सुरुवाती ११ मा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका छन् । फातीले यस सिजन बार्सिलोनाका लागि १० खेल खेल्दै ५ गोल र २ गोलका लागि पास उपलब्ध गराएका छन् । उनले गत सेप्टेम्बरमा स्पेनका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । १७ वर्ष ३ सय ११ दिनमा युक्रेनविरुद्ध गोल गर्दै फाती स्पेनका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट