मिडफिल्डर फेडे भाल्भेर्डे घाइते, जिदानलाई समस्या


  • Frontline Nepal

रियाल म्याड्रिडका मिडफिल्डर फेडे भाल्भेर्डे चोटका कारण एक महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । सोमबार भ्यालेन्सियाविरुद्ध ४–१ को हार ब्यहोरेको खेलमा उनले चोट बोकेका थिए । उनको दायाँ खुट्टाको जोन्टमा हड्डीमा चोट लागेको बताइएको छ । यो चोट निको हुन एक महिनाको समय लाग्ने क्लबले जनाएको छ । चोट बोकेसँगै उनले उरुग्वेका लागि राष्ट्रिय टिमबाट कोलम्बिया र ब्राजिलसँगको विश्वकप छनोट खेलसमेत गुमाउने भएका छन् । भाल्भेर्डेले चोट बोकेपछि रियलका प्रशिक्षक जिदान समस्यामा परेका छन । आफ्ना २ महत्वपुर्ण खेलाडी हाजार्ड र क्यासिमेरो कोरोना संक्रमित रहेका बेला भरपर्दा मानिएका भाल्भेर्डे पनि घाइते भएपछि भिलारियल र इन्टर मिलानसँगको खेलका लागि अब जिदानलाई झन ठुलो दबाव छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट