१३औँ आइपिएल मुम्बइलाई, यस्तो रह्यो सम्पुर्ण तथ्यांक


  • Frontline Nepal

१३औँ संस्करणको इन्डीयन प्रिमिएर लिग आइपिएल मुम्बइले जितेको छ ।

मंगलवार राति युएईको दुबईमा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

हेरौँ १३औँ संस्करणको इन्डीयन्स प्रिमिएर लिग आइपिएल कस्तो रह्यो त तथ्यांकमा ।

ओरेन्ज क्याप– किङ्गस ११ पञ्जाबका लोकेश राहुल । सबैभन्दा बढी ६७० रन ।

पर्पल क्याप– दिल्ली क्यापिटल्सका कागिसो रबाडा । सबैभन्दा बढी ३० विकेट ।

सर्वाधिक शतक– दिल्ली क्यापिटल्सका शिखर धवन । २ सतक ।

सर्वाधिक छक्का– मुम्बईका ईशान किशन । २९ वटा छकका ।

ईमर्जिङ्ग प्लेयर अफ दि ईयर– रोयल च्यालेन्जर्स बैंगलोरका देवदत्त पडिक्कल ।

मोस्ट भ्यालुएबल प्लेयर– राजस्थान रोयल्सका जोफ्रा आर्चर ।

फेयर प्ले– मुम्बई ईण्डियन्स ।

सर्वाधिक अर्धशतक– किङ्गस ११ पञ्जाबका लोकेश राहुल । प्रतियोगितामा ५ वटा अर्धशतक

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट