राखेप बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेलाई बधाइ


  • Frontline Nepal

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडी टोलीले करातेकर्मी पुरेन्द्रविक्रम लाखेलाई बुधबार एक कार्यक्रमबीच स्वागत गर्दै बधाइ दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएकोमा लाखको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरिएको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, कार्यक्रमका संयोजक एवं १३ औं सागअन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ, खेलाडी, प्रशिक्षकलगायतले लाखेलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा टोकियो ओलम्पिकका लागि प्रशिक्षणमा रहेका कराते खेलाडी नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई शुभकामना दिदै ट्रयाकसुट प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट