नेदरल्याण्ड्स र स्पेनको बराबरी


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, कार्तिक २७, २०७७

  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तरगत बुधबार राति भएको खेलमा नेदरल्याण्ड्स र स्पेनले बराबरी खेलेका छन् । नेदरल्याण्ड्सको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा स्पेनले सुरुआती अग्रता बनाएको थियो । खेलको १८औं मिनेटमा सर्जियो क्यानल्सले गोल गर्दै पहिलो हाफभरि स्पेनलाई अग्रता दिलाए । तर ४७ औं मिनेटमा डोनी भान डी बीकले नेदरल्याण्ड्स गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । बाँकी रहेको समयमा थप गोल हुन नसकेपछि दुवैले १–१ गोलको बराबरी खेलेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट