विश्वविजेता फ्रान्सको आफ्नै घरमा लज्जास्पद हार


  • Frontline Nepal

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तरगत बुधबार राति भएको खेलमा फ्रान्स पराजित भएको छ । फ्रान्सको घरेलु मैदानमा बुधबार राति भएको खेलमा फिनल्याण्डसँग फ्रान्स २–० गोलले पराजित भएको हो । फिनल्याण्डलाई जिताउन मार्कुस फ्रोर्स र ओन्नी भलाकारीले समान १–१ गोल गरे । खेलको २८औं मिनेटमा फार्सले गोल गर्दै फिनल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । ३१औं मिनेटमा भलाकारीले गोल गर्दै फिनल्याण्डको अग्रता दोब्बर बनाए । र, बाँकी समयमा गोल हुन नसकेपछि फ्रान्स आफ्नै मैदानमा फिनल्याण्डसँग स्तब्ध भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार