नेपाल भर्सेस बंगलादेश : कसले मार्ला बाजी ?


  • Frontline Nepal

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा अपरान्ह ४ः४५ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छन् । नेपाल र बंगलादेश दुबै लामो समयपछि अन्तराष्ट्रिय खेलका लागि मैदान फर्किएका छन् । कोराना महामारीपछि बन्द भएकाउ खेल क्षेत्र चलाएमान बनाउने तथा फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले आगामि खेलका लागि तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीका कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले फुटबल फर्किएकोमा खुसी रहेको बताउँदै बंगलादेशविरुद्ध जितका लागि खेल्न आफ्ना खेलाडी आतुर रहेको बताए । राष्ट्रिय टिमका ४ खेलाडी कोरोनाका कारण अनुपस्थीत रहेका कारण नेपाल केहि दवावमा रहेको छ । त्यस्तै भरपर्दा मिडफिल्डर रोहित चन्द भने चोटका कारण उपस्थित हुने छैनन् ।
हेड टु हेडका आधारमा हेर्ने हो भने नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले बाजी मार्दै आएको छ । सन् २०११ मा भएको साफ पछि नेपाल बंगलादेशसँग एक पटक मात्रै पराजित भएको छ । नेपालले तीन खेलमा जित निकाल्दा १ खेल बराबरी खेलेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार