कोरोनाबाट तीनजनाको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर १, २०७७

  • बनेपा, १ मङ्सिर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् । उनीहरुको अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।हालसम्ममा जिल्लामा कोरोना सङ्क्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ ।

    ती मध्ये १४ जना अन्य जिल्लाका रहेका छन् । आज मात्रै २० जना सङ्क्रमणबाट मुक्त भइ घर फर्किएका छन् । यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा १ , पनौती नगरपालिकामा २ र नमोबुद्ध नगरपालिकामा २ जना रहेका छन् ।

    हालसम्ममा जिल्लामा दुई हजार २४३ जनामा सङ्क्रमण देखिएकोमा एक हजार ७०३ जना निको भइसकेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ५०९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार