दुर्घटनामा एकको मृत्यु, तीन घाइते


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर १६, २०७७

  • गण्डकी प्रदेशअन्तर्गत नवलपरासी ९ पूर्व र कास्कीमा दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    नवलपुरको मध्यविन्दु नगरपालिका-९ वसन्तपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको थुम्कीदेवी बोर्डिङ स्कूलको ग १ क २४८३ नं।को बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प २४३७ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका-१३ बस्ने मोटरसाइकलमा सवार २६ वर्षीय सन्तबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटना भएसँगै नेपालीसहित सोही स्थान बस्ने मोटरसाइकल चालक मनु विक र तुलबहादुर खाम्चा मगरलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित ओरालोमा ग ४ प ५६४८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टन जाँदा मोटरसाइकल चालक पोखरा-२१ राम्दी बस्ने विजय नेपाली घाइते भएका छन् । नेपालीलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट