क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर १६, २०७७

  • क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

    गत शनिबार उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उहाँलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उहाँ दश दिनका लागि सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।

    अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उहाँले घरबाटै आफ्ना कामहरु गरिरहनुभएको पनि अधिकारीहरुले बताएका छन् । उहाँले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गर्नुभएको उहाँका सहयोगीहरूले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट