नेकपा एक ढिक्का हुन्छ : मन्त्री भट्टराई


  • Frontline Nepal

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले नेकपा एक ढिक्का हुने बताउनुभएको छ । विमानस्थाल अनुगमन गर्न आज सिमकोट पुगेका मन्त्री भट्टराईले भन्नुभयो, “ठूलो पार्टी हो, धेरै नेता भएकाले महत्वकांक्षा हुन्छ, आकांक्षा हुन्छ । पार्टीमा देखिएको अन्तरविरोध व्यवस्थित हुन्छ ।”

देशको भाग्य र भविश्य नेकपासँग जोडिएको हुनाले पनि अर्को ५० वर्षसम्म पार्टी नफुट्ने विश्वास व्यक्त गर्दै उहाँले बहुमतको सरकार यथावत रहने बताउनुभयो । उहाँले मुलुकलाई नेकपाको सरकारले गलतबाटोतिर जान नदिने बताउनुभयो । मन्त्री भट्टराईले हिजोका दिनमा विदेशी हस्तचेप हुने गरेको तर नेकपा सरकारले त्यसलाई रोकेको दाबी गर्नुभयो ।

हुम्लाको सिमकोट पुगेका मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नुका साथै नेकपाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । सो अवसरमा प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसीलगायतका नेतासँग उहाँले संस्कृति, प्राकृतिक, मोटरबाटोलगायत विषयमा छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार