ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर १७, २०७७

  • ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।

    ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने बताउनुभयो । ठमेलको रात्रिकालीन व्यवसाय पूणर्रुपमा खोल्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष राणाले ठमेललाई खुलाउनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले ठमेलका व्यवसायी विरोधमा उत्रिनुपरेको बताउनुभयो । ठमेल खोल्नका लागि सरकाले चाँडो निणर्य गर्नुपर्ने राणाले उल्लेख गर्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार