लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा निकाल्यो लगातार दोस्रो जित


  • Frontline Nepal

भदौ ५, काठमाडौँ ।  लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। सोमबार रति क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो ।

लिभरपुललाई जिताउन जेम्स मिल्नर र साडियो मानेले एक एक गोल गरे। सेलहस्र्ट पार्कमा भएको प्रतिस्पर्धात्मक खेलमा ४५ औं मिनेटमा लिभरपुलकै पूर्व डिफेन्डर साकोले मोहम्मद सलाहलाई डि–बक्समा लडाएपछि रेफ्रीले लिभरपुललाई ‘विवादास्पद’ पेनाल्टी दिएका थिए। जसमा जेम्स मिल्नरले गोल गरे। पहिलो हाफमा १-० ले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा १ गोल गर्दै जित निश्चित गर्‍यो।

खेलको अन्तिम समयमा त्यो पनि इन्जुरी समयको तेस्रो मिनेटमा सलाहको पासमा मानेले काउन्टर एट्याकमा गोल गरेका थिए। यसअघि ७५ औँ मिनेटमा वान–बिसाका रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्रिष्टल प्यालेस १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै गएको सिजन चौथो भएको लिभरपुल दुई खेलबाट ६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। म्यानचेस्टर सिटी गोल अन्तरमा शीर्ष स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार