फुटबलर डेभिड बेकहमलाई युइएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरिने


  • Frontline Nepal

भदौ ६,काठमाडौँ ।  युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफए ले इंगलिस फुटबलर डेभिड बेकहमलाई युइएफए प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने भएको छ।फुटबलमा पुर्‍याएको योगदान र उनले मानव हितमा गरेको कार्यको कदर गर्दै युएईएले बेकहमलाई प्रेसिडेन्ट अवार्डबाट सम्मान गर्न लागेको हो।

युइएफए का अध्यक्ष एलेक्जान्डर केफेरिनले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडका पूर्व स्टारलाई फुटबलका सच्चा आदर्श भनेका छन्। ‘उत्कृष्ट खेलाडीहरुले जितेको यो अवार्डको लिस्टमा म पनि पर्न पाउादा म एकदमै गौरवान्वित भएको छु।’ युनिसेफका एम्बासडर तथा मेजर सकर लिग (एमएसएल) टिम माएमीका मालिक समेत रहेका बेकहमले भने।

युरोपियन च्याम्पियन्स लिगमा १०० खेल खेल्ने बेकहम पहिलो इंगलिस पुटबलर हुन्। सन् १९९९ मा म्यानचेष्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा जिताउन बेकहमले पनि योगदान गरेका थिए। बेकहमले युनिसेफ र बालबालिकाको लागि काम गर्ने युनाइटेड नेशन एजेन्सीसँग मिलेर सेभेन फण्ड समेत सार्वजनिक गरेका छन् जसले एल शाल्भाडोर, इन्डोनेसिया, नेपाल र उगान्डामा काम गर्छ।

वार्षिक रुपमा प्रदान गरिने उक्त अवार्ड उत्कृष्ट उपलब्धी, व्यावसायीक उत्कृष्टता र यदाहरणिय काम गर्ने व्यक्तित्वलाई प्रदान गरिनेछ। गत वर्ष इटली तथा एएस रोमाका लेजेण्ड फ्रान्सेस्को टोटीले यस अवार्ड पाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट