प्रदिप खड्का स्टारर फिल्म “रोज ” को ट्रेलर सार्वजनिक


  • Frontline Nepal

भदौ ८,काठमाडौँ । ‘रोजी’बाट ‘रोज’ बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर रिलिज गरेको हो ।

 प्रेम, द्वन्द्व, हत्या, पिडा लगायत धेरै भेराइटी ट्रेलरमा समेटिएको छ । अहिले चर्चित अभिनेता प्रदिप खड्काको ट्रेलरमा रोमान्टिक अवतारदेखि क्रिमिनल अवतारसम्म समेटिएको छ । एक दृश्यमा उनले चलचित्रको अर्की  नायिका परमिता आरएल राणामाथि गोली चलाएको पनि देखाइएको छ ।

ट्रेलरमा अभिनेत्री मिरुना मगर वकिलको गेटअपमा देख्न सकिन्छ । मिरुना र प्रदीपको रोमान्टिक दृश्य समेत समेटिएको ट्रेलरमा अभिनेता कर्मा शाक्य डिएसपीको भूमिकामा देखिएका छन् । प्रेमकथाको चलचित्र अभिनय गरिरहेका प्रदिपको यो पहिलो क्राइम थ्रिलर चलचित्र हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार