बेलायती मन्त्री पाँच दिने नेपाल भ्रमणमा आउँने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ २५, २०७४

  • बेलायत– बेलायतका स्टेट मिनिस्टर अफ आम्र्ड फोर्सेस मार्क लांकास्टर यही फेब्रुअरी ९ देखि १३ तारेखसम्म नेपाल भ्रमण आउँन लागेका छन् । बेलायत सरकारको सेनासम्बन्धी मामिला हेर्दै आएका मन्त्री मार्कसँगै बेलायती सेनाका चिफ अफ जेनेरल स्टाफ निकोलस कार्टर पनि उनीसँगै भ्रमण अवधिभर नेपालमा रहनेछन् ।

    नेपाल भ्रमणका क्रममा मन्त्री मार्कले नेपाल सरकारका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी उनले हालै भर्ती भएका गोर्खाहरुको परेड अवलोकन गर्नेछन् । लण्डनस्थित नेपाली दूतावासले मार्कको नेपाल भ्रमण तय भएको जानकारी दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार