चलचित्र ‘भैरे’ को पहिलो गीत सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २८, २०७४

  • काठमाडौं, फागुन २८ – चलचित्र ‘भैरे’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सान्नानी’ बोलको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार बुद्धि तामाङ, बर्षा सिवाकोटी र बिक्रान्त बस्नेतको अभिनय रहेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको यो गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने सापकोटा आफैले यो गीतमा स्वर भरेका छन् । यम बराल र मेलिना राईले उनलाई साथ दिएका छन् ।

    भिडियोमा बुद्धि र बर्षाको नृत्य बबाल देखिन्छ । कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानले गरेका छन् ।, चलचित्र एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्तको पनि मुख्य भूमिका छ । बनिष शाहको सम्पादन रहेको यो चलचित्रमा प्रेम प्रसाद पौडेल, देविमाया अधिकारीको लगानी छ । चलचित्र आउँदो बर्षको भदौमा प्रदर्शन गरिने बताइएको छ ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार