पाकिस्तानमा इमरान खानको सफलता: क्रिकेटरदेखि भावि प्रधानमन्त्रीसम्म


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन १४, २०७५

  • सुजन चालिसे
    निकै सङ्घर्ष तथा विवादको बिच पाकिस्तानमा चुनाब सम्पन्न भएपछि  अबका प्रधानमन्त्री पुर्व क्रिकेट लिजेन्ड इमरान खान बन्ने भएका छन् । उनको जीवनका केहि महत्वपुर्ण घटना :

    इमरान खानको जन्म २५ नोभेम्बर १९५२ मा भएको थियो । उनको वास्तबिक नाम अहमद खान नायाजी इमरान हो । एक मध्यम बर्गिय परिवारमा जन्मिएका खान ई.स. १९७२ मा उनी उच्च शिक्षाका लागि बेलायत गएका थिए । उनले बेलायतकै केब्ले कलेजबाट राजनिति, मनोविज्ञान र अर्थशास्त्रको उच्च शिक्षा हारिल गरेका छन् ।

    ई.स. १९९५ मा इमरानले रईस जेमिना गोल्डस्मिथ नामकी बेलायति नागरीकसँग विवाह गरे । उनको १९९६ र १९९९ मा गरी लगातार २ छोराहरु भए । बेलायति नागरीकसँग विवाह गरेकाले सर्त अनुसार उनी बर्षको ४ महिना बेलायतमानै बिताउने गर्दथे । २००४ मा जेमिनालाई पाकिस्तानको जीवन जिउन कठिन भएको भन्दै खान दम्पत्तिले सम्बन्धबिच्छेदको निर्णय गरे ।

    इमरान सानैदेखि क्रिकेटमा रुचि राख्दथे । १६ बर्षको उमेरदेखिनै साना घरेलु टोलीका लागि उनि खेल्ने गर्दथे । १९७३–७५ को समयमा उनले अक्सफर्ड विश्वविद्यालयको ब्लुज क्रिकेट टीमबाट उत्कृष्ट क्रिकेट खेल्न सुरु गरेका थिए । १९८२ मा आएर ३० बर्षमै खानले पाकिस्तानि क्रिकेटको कप्तानि गरेका थिए । एक तीब्र गतीका बलर तथा अलराउन्डर खानले आफ्नो नेतृत्वको दोस्रो खेलमा अङ्ग्रेजि भूमिमा २८ सालमा पहिलो पल्ट टेस्टको सफलता दिलाए । पाकिस्तानले १९९२ को क्रिकेट विश्वकप जित्नुमा कप्तान समेत रहेका उनको महत्वपुर्ण हात थियो । उनले पाकिस्तानलाई महत्वपुर्ण जित दिलाउनका निम्ति सुरुवातकालदेखि आफ्नो क्रिकेट करीयरको अन्त्यसम्मनै निक्कै मिहेनेत गरेका थिए । उनले विश्वस्तरीय क्रिकेट प्रदर्शन गर्दै विभिन्न रेकर्डहरु आफ्नो नाममा लेखाएका छन् ।

    आफ्नो राजनितिक विचारधारा र विश्वको प्रशस्त जिवनशैलीको ज्ञान भएका इमरानले आफ्नो क्रिकेट करियरको समाप्तिको केहि सालपछि नै राजनितिक जिवनको सुरुवात गर्ने निर्णय लिगेका थिए । सुरुसुरुमा उनको राजनितिक शैलीमा कसैको रुचि भएन । उनले पछि आफ्नै पाकिस्तानि तहरीक ए इंसाफ नामक पार्टिको स्थापना गरी राजनितिको सुरुवात गरेका थिए । क्रिकेटको क्षेत्रबाट प्रशस्त नाम कमाईसकेका साथै अक्सफोर्ड विश्वबिद्यालयबाट शिक्षा हासील गरेका उनलाई जनताको विश्वास मिल्ने नै थियो । तर उनले राजनितिप्रति रुचि मात्र राखेनन् प्रशस्त समाजसेवाका कार्यहरु पनि गरेका छन् ।

    इमरानले विभिन्न कार्यका लागि सङ्गठन र ट्रस्टको स्थापना गरेका छन् । क्यान्सरको कारणले मृत्यु भएकी आमाको स्मरणमा उनले १९९४ मा लाहुरमा उनले शौकत खानम मेमोरीयल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको स्थापना गरेका थिए । त्यस अस्पतालले गरीब तथा उपचार गर्न असमर्थ क्यान्सर रोगीहरुलाई सस्तो वा नि:शुल्क उपचार गर्दै आएको छ । उनको महानतालाई सम्मान गर्दै २००८ मा मियांवालि विकाश ट्रस्टले नमल कलेज नामक महाविद्यालयको स्थापना गरेको थियो जसको जसको अध्यक्ष स्वयं खानलाई नै नियुक्त गरिएको थियो । उनले त्यतिमात्र नभई विभिन्न पुस्तक पनि लेखेका छन् । उनले आफ्नो आत्मवृत्तान्त लगाएत अन्य विभिन्न पुस्तकहरु लेखेका छन् ।

    यसरी खेलजिवन तथा सामाजिक कार्यबाट सबैको मन जितेका खानलाई सम्पुर्ण देशवासीको मन जित्न कुनै कठिन भएन । सुरुवाति चरणमा सरकारी पक्ष तथा केहि जनताले नै विरोध गरेपनि उनले हरेस नखाई सबैको मन जित्न सफल भए । उनलाई २०१२ मा गरिएको एउटा रिसर्चले करीब ७०% पाकिस्तानि जनताको समर्थन रहेको देखाएको थियो ।

    इमरानको राजनिति गर्ने कला तथा नेतृत्व क्षमताका कारण उनि विश्वका चर्चित नेतृत्वकर्ताको रुपमा चिनिन्थे । उनको यहि खुबि तथा योगदानले जनताको मन जित्दै १ सय १६ सिटका साथ गएको निर्वाचनमा उनको पाकिस्तानि तहरीक ए इंसाफ सबैभन्दा ठुलो पार्टी बन्यो । र, उनी अबका पाकिस्तानि भावि प्रधानमन्त्री बन्ने निश्चित छ ।

    बिभिन्न समाचार एजेन्सी तथा वेवसाइटहरुको सहयोगमा

    प्रतिक्रिया
    सम्बन्धित समाचार