दुर्व्यवहारका कारण ओजिलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन १४, २०७५

  • सुजन चालिसे
    काठमाडौँ, साउन १४ । जर्मनीका राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । विश्वकप २०१८ को ग्रुपस्टेज बाट नै घर फर्किनुपरेपछि जर्मन फुटबल समर्थक तथा मिडियाहरुले उनको विरोध गर्दै आएका थिए । देशका लागि आफ्नो सम्पुर्ण क्षमताका साथ खेल्दापनि आफ्नै देशका समर्थकहरुबाट यस्तो प्रतिक्रिया पाएपछि उनले यस्तो निर्णय लिएका हुन् ।

    ओजिलका माता पिता टर्कीका बासिन्दा हुन् । तर उनको जन्म भने जर्मनीमै भएको हो । त्यसकारण उनलाई टर्कीबाट जर्मन आएको भन्दै आप्रबासीको संज्ञा दिदै आएको छ । विश्वकपमा जर्मनीले बेहोर्नुपरेको हारको मुख्य कारण उनलाई मानिएको छ । रुस विश्वकप २०१४ को बिजेता जर्मनी बन्दा उनी टोलीका महत्वपुर्ण सदस्य थिए । त्यसबेला सबैले उनको खुलेर प्रशंसा गरेका थिए । तर यो विश्वकपकमा जर्मनीको प्रदर्शन केहि फितलो देखिएको थियो ।

    आफुप्रति भएको दुव्र्यवहारका कारण सन्यासको घोषणा गर्दै ओजिलले भनेका छन्, “मलाई तब मात्र जर्मन मानिन्छ जब हामी जित्छौँ तर हामीले हार बेहोर्नुपर्दा म टर्की आपब्रासी हुन्छु । के मलाई टर्कीबाट भएकै कारण यस्तो दुव्र्यवहार गरिन्छ । वा म मुस्लिम भएको कारण यस्तो गरिन्छ ?”

    प्रतिक्रिया
    सम्बन्धित समाचार