गायक रमेश अन्जान दिलको ब्रेक फेल भो (भिडियो सहित)


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २४, २०७४

  • नवोदित गायक रमेश अन्जान कडरियाको ‘ब्रेकफेल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘ब्रेकफेल’ कडरियाको पहिलो एल्बम ‘स्मृति किरण’ मा समावेश गीत हो ।

    लमजुङे स्रष्टाद्वयकिरण बराल र रमेश कडरियाको शब्द, संगीतमा तयार भएको गीतमा संगीत संयोजन आशिष अविरलले गरेका छन् । भिडियोमा एभरेष्ट गाइज र डिम्पलको साथमा गायक स्वयंको मोडलिङ रहेको छ । सुन्दर लावतीले निर्देशन र अर्जुन सापकोटाले छायाङ्कन गरेको भिडियो अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

    भारतको मिरिक र झापा जिल्लाको विभिन्न स्थानमा छायाङ्कन गरेको म्युजिक भिडियोप्रति आफु निकै आशावादी रहेको निर्देशकको भनाइ छ । सुन्दर युवतीको वर्णन गरिएको यो गीत म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतको बजार व्यवस्थापन कडरिया इन्टरटेनमेन्टले गरेको छ ।

     

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार