नुहाउदा नुहाउदै प्रेक्षालाई आफ्नो दशौं बर्षगाठ अभिष्मरणीय बनाउन मनलाग्यो। हतार हतार नुहाएर उ भान्सामा छिरी। केक बनाउँ र प्रमोदसंग दशौं बर्षगाठको शुभकामना आदानप्रदान गरौं। तर केक बनाउन समय धेरै लाग्छ। प्रेक्षालाई कलेज जानु थियो। सम्झिई केक त उनिहरूले मन लागेकोबेला खाईरहेकै थिए। नव जिन्दगीको सुरूवात भएको दिन बर्षगाठमा केहि नयाँ त हुनैपर्छ।
बगौंचाबाट फक्रन लागेको गुलाफ टिपेर कफिसंग गुलाफ प्रमोदलाई उपहार दिन्छु सोचेर उ बगौंचामा पुगी।
अरूबेलापनि मन असान्त भएको बखत प्रेक्षा बगौंचामा जान्छे। फूलहरू हेर्छे। फूललाई सुमसुम्याउछे। फूलसंग बोल्छे। आफ्नो दुखहरू साट्छे। गोडमेल गर्छे। यसो गर्दा उसलाई आनन्द आउँछ। उसले पिडाहरू भुल्छे। फूलको सौन्दर्यतासंगै उसको मुहारमा ताजकी आउछ। फूल प्रेक्षाको दुखका सारथीहरू हुन्। एकान्तका साथीहरू हुन्। फूलले उसलाई मुस्कुराउन सिकाएको छ। दुखहरूलाई कसरि मस्तिष्कबाट क्षय गर्ने भनेर सिकाएको छ। हावा, हुरी, बर्षा, खडेरी जे जस्तो परिस्थितीमा पनि फूलहरू फुल्न छाड्दैनन्। फूलले नै हो प्रेक्षालाई संघर्ष सिकाएको। मैले फक्रन लागेको गुलाफ चुडे यो नवयौवन भरिन लागेको गुलाफको जीन्दगी नष्ट हुन्छ। आफ्नो उत्सव मनाउन म यो निर्दोष गुलाफलाई किन पिडा दिउँ? फक्रन पाउनुपर्छ गुलाफले पनि। प्रेक्षाको मन बदलिन्छ। उ खालीहात भान्सामा फर्कन्छे।
प्रेक्षाका नजर भित्ताको घडिमा पर्छन्। “लौन ढिला भईसकेछ कलेज जान” बर्बराउदै कफि नबनाई उ उनिहरूको सुत्ने कोठामा छिर्छे। प्रमोद र छोरि निदाईरहेका हुन्छन्। उसलाई उठाउन मन लाग्दैन।
प्रमोदले थाहा नपाउनेगरी उसले दराज खोली। कलेजमा अनिवार्य सारि लगाउनैपर्ने नियम थियो। आज कुन सारि लगाउने? सोचेर सारि छान्दा छान्दै दश बर्ष पहिलेको आफ्नो बेहुली सारिमा नजरहरू ठोक्किए उसका। प्रेक्षाले तत्कालै कलेज बिर्सिई बरू उसलाई फेरि एकपटक बेहुली बन्न मनलाग्यो। प्रमोद पनि उसलाई बेहुली अवतारमा देख्दा खुसी हुने अनुमान गरेर बेहुली सारी लगाई। गरगहना पनि संगै थिए ति पनि लगाई। श्रिङ्गार पनि बेहुलीकै जस्तो गरेर गरी। हतार नगरिकान गाजल लिपस्टिक, लाईनरहरू बढ ध्यानपुर्वक ओठमा, आँखाहरूमा पोती सकेर सामुन्नेको ऐनामा आफुलाई नियाली। यसरि नियाल्दा उ आफैंलाई आफु बेहुलीजस्तो लाग्यो।
तरपनि उसलाई प्रमोदलाई बिउँझाई हाल्न मन लागेन बरू उसलाई बिबाहका तस्बिरहरू हेर्न मनलाग्यो। दराजमा सुरक्छित राखेको पुरानो फोटो एल्बम पल्टाई। फोटोकी प्रेक्षा र अहिलेकी प्रेक्षामा उसलाई तुलना गर्न मनलाग्यो। तत्कालै उसले ऐनामा हेरि र फोटोमा हेरि। उसलाई लाग्यो उ बेहुली जस्ती देखिएकै छैन। फोटोमा उ दुब्ली पातली छे। अहिले उ मोटी छ। फोटोमा उसको अनुहार मलिन छ। अहिले उ हंसिली र उत्साहित छ। तत्काल उसले आफ्नो अनुहार मलिन बनाउन खोजी। सम्झिई बेहुली हुदा उ रोएकी थिई तर आज त्यहि बिबाह भएको दिन प्रेक्षालाई उत्सव लागीरहेको थियो। कसरि रून सकिन्छर उत्सवमा? खुसीयाली आदनप्रदान गर्नेदिन आँशु साट्न कहाँ मिल्छर? सकिन उसले रून। सकिन आफूलाई मलिन बनाउन।
मान्छेको जिन्दगीमा हरेक कुराहरू एकपटक मात्र आउछन्। मान्छेले सुख दुख पनि एकपटक मात्र अनुभुत गर्छ। बाँकित पुरानै कुराहरू पुन दोहोरि रहनेन हुन्। मान्छेले बिबाह पनि एकपटक मात्र गर्छ। बाँँकि जतिपटक बिबाह गरेपनि उक्त मान्छेको पहिलो बिबाह मात्र बिबाह हो। अरूत बाध्यताहरू हुन्। खेलहरू हुन्। रहरहरू हुन्। प्रेक्षालाई लाग्यो उसको एकपटक बिबाह भैसकेको छ। उ एकपटक बेहुली भैसकेकी छे। अब फेरि उ बेहुली बन्न सक्दिन। त्यसैलेत उसका आफ्नै बेहुली श्रीङ्गारहरू पनि उसलाई सुहाएनन्।
प्रेक्षाले फेरि कलेज सम्झिई। हतारहतार बेहुली सारि फुकालेर पुरानो सारि लगाई र कलेजतिर लागी।
समय भन्दा ढिला कलेज पुगेकाले प्रेक्षाले स्पष्टीकरण दिनुपर्यो। सन्च नभएको बहाना गरिदिई। उसलाई पढाउनपनि मन लागेन। बिदा मागेर पुस्तकालयमा छिर। एकैछिन यौटा पुस्तकसंग घोत्लिई। अक्षरहरू हेर्दैगर्दा उसलाई लाग्यो यि अक्षरहरू होईनन्। यि त जिन्दगीहरू हुन्। प्रत्येक अक्षरहरूको आफ्नै जिन्दगी छ। उनिहरू आआफ्नो जीन्दगीमा बाँचेका छन्। त्यसैलेत भाव अर्थ फरक छ। बर्णहरूमात्र भएको भए अर्थ कहाँ दिन्थ्यो र? बर्ण बर्ण मीलेरन अक्षर बन्दछ। जस्तै प्रेक्षा र प्रमोद। प्रेक्षा र प्रमोद फरक फरक बर्णहरू हुन्। फरक फरक परिबेशबाट आए। बिबाहले उनिहरूलाई अक्षर बनाईदियो। शब्द बनाईदियो। त्यसैलेत उनिहरू अरूभन्दा फरक जिन्दगी बाँच्न सकेका छन्। एक शब्द बुझ्नलाई पुरा जीन्दगी खर्चिनु पर्छ। बिबाह नभएको भए या त भनौ उनिहरू कहाँ शब्द बन्न सक्ने थिए र? बिबाह त उत्सव हो। बर्षगाठत मनाउनै पर्छ। उसले पढ्न सकिन। उ पुस्तकालयबाट बाहिरिई।
कलेजकै बगैंचामा केहि फन्को मारी। कक्षाकोठामा पढ्न नगईकन प्रेमको अन्तस्करणमा डुबिरहेका बिद्यार्थीहरू बगैंचामा देख्दा उसलाई पनि कता कता काउकुती लाग्यो। झल्याँस्स सम्झी प्रमोदलाई केहि उपहार दिउँ।
प्रेक्षा कलेजबाट सिधा सपिङ महलतिर हानिई। पाईन्ट, टिसर्ट, जुत्ता, टोपी सबै हेरि। राम्राराम्रा छानी। तरपनि उसले प्रमोदलाई सुहाउने खालका लुगाहरू भेटिन। सपिङ महलमा भएका प्रत्येक डिजाईनका लुगाहरू उसले प्रमोदलाई पहिल्यै उपहार दिईसकेकी थिई। नयाँ डिजाईनहरू रहेनछन्। फेरि प्रमोदलाई लुगा लगाउनपनित खाँचो थिएन। नयाँ लुगा उपहार दिदा प्रमोदले मन पराएन भने के गर्ने? उ दोधारमा परि।
मन खिन्न पारेर प्रेक्षा पुस्तक पसलमा पुगी। उ आफ्नो बर्षगाठको उपलक्षमा उसको श्रीमान प्रमोदलाई उपहारमा कुनै नौलो पुस्तक दिन चाहन्थी। देवकोटा, भैरव अर्याल, बुद्दीसागर, नयनराज पाण्डे, अम्मर न्यौपाने, कुमार नगरकोटी लगायत कयौं चर्चित लेखकका सयौं पुस्तकहरू उसले छानी तर ति पुस्तकहरूमध्ये अधिकाम्स पुस्तकहरू प्रमोदले पढिसकेको थियो। प्रेक्षाले चाहेजस्तो पुस्तक भेटिन।
गिल्ट सपमा केहि न केहि नयाँ त पक्कै होलानी भन्ने सोचेर उ गिफ्ट सपमा छिरी। तर त्यहाँपनि पुरानै गिफ्टहरू नयाँ डेकोरेसनमा सजाईएका रहेछन्। उसलाई लाग्यो जिन्दगी पनि गिफ्ट सप जस्तै रहेछ, पुरानै खुसीहरूलाई बारबार फरक प्रसंगमा दोहोर्याएर मुस्कुराउनुपर्ने। पुरानै कुराहरूलाई नयाँ मानेर चित्त बुझाउनुपर्ने। बिबाह भएको दिनलाई बारबार नयाँ ताजगी दिएर उत्सव मनाउनु पर्ने।
बजारमा उनिहरूको बर्षगाठ मनाउन नयाँ केहि भेट्टाईन प्रेक्षाले। उ थाकेर घरमा फर्किई।
छोरिलाई टिफिन पुर्याउन ढिला भईसकेकाले हातको ह्यान्डब्याग टेबलमाथी राखेर हतारहतार उ छोरिको स्कुलतिर हानिई।
टिफिन पुर्याएर फर्कदा उसले गुडिया पसल देखि। छोरिलाई नयाँ गुडिया किनिदिनुपर्यो भनेर प्रेक्षा पसलमा छिरी। तर उसले गुडियामा मान्छेको प्रतिबिम्ब पाई। कुनै गुडियाहरू हाँसिरहेका थिए। कुनै रिसाएजस्ता देखिन्थे। कुनैले आफ्नै नक्कल गरेजस्ता देखिन्थे। छोरिलाई गुडिया दिनेबेलामा छोरिको मुड कस्तो हुन्छ? उ खुसाएकी हुन्छे या रिसाएकी हुन्छे? रिसाएजस्तो गुडिया किनौं या खुसाएजस्तो किनौ? खुसाएको किन्दा छोरि रिसाएकि रहिछे भने त्यो गुडियाको के अर्थ? रिसाएको किन्दा छोरि खुसाएकी रहिछेभने त्यो गुडियाको के अर्थ? सबै हाउभाउ बोल्ने गुडियाहरू किन्न प्रेक्षा कहाँ सक्षम थिई र? प्रेक्षाले छोरिलाई गुडिया छान्नै सकिन। उ रित्तै घरमा फर्किई।
केहि स्पेसल उपहार दिन नसकेपनि प्रेक्षाले श्रीमासंग कुनै राम्रो होटलमा बेलुकाको खाना खाने निर्णय गरी। तर कुन होटलमा गएर के खाने भन्ने निर्क्योलमा उ पुग्न सकिन।
प्रेक्षाको निर्णय शक्ती सबैतिर अब्बल मानिन्थ्यो। उ कुनैपनि समस्याको सामाधान तत्काल निकाल्न सक्थी। तर आज उ आफ्नो बर्षगाठ कसरि मनाउने भन्ने झिनो कुराको डिसिजनमा पुग्न सकिन। आफ्नो जीवन साथीको लागी उपहार किन्न सकिन।
बेलुकाको ५ बज्दासम्म पनि प्रमोदले प्रेक्षालाई अफिसबाट एककल फोन गरेको थिएन। सायद प्रमोदले पनि उनिहरूको बर्षगाठ बिर्सिसकेछ क्यार।
प्रेक्षालाई कताकता आफैंसंग रिस उठ्यो। प्रोमोदसंग पनि रिस उठ्यो। छोरिसंगपनि खेल्न मन लागेन। भान्सामा पनि छिरिन। बरू छोरिलाई होमवर्क दिई।
आफुभने पराजयको मानसिक्ता लिएर आफ्नो अध्ययन कक्षमा टोलाउन थाली।
टोलाउदा टोलाउदै प्रेक्षाको दिमाखमा यौटा पुरानो डायरी झल्यास्स सम्झना आयो। उसले उक्त डायरि दस बर्ष पहिले उनिहरूको सुहागरातको दिन प्रमोद निदाईसकेपछि लेखेकी थिई। त्यो डायरिबारे प्रमोदलाई केहि थाहा थिएन। प्रेक्षालेनै पनि फेरि त्यो डायरि दोहोर्याएर पल्टाएकै कहाँ थिई र।
उपहार भनेको बिषेस हुनुपर्छ। उपहार प्राप्त गर्ने मान्छेले उपहार दिने मान्छेलाई त्यहि उपहारको कारण जीन्दगीभर सम्झिरहोस। पैसाले किन्न नसकिने अमुल्य बस्तु हो उपहार। दुखको पोखरिमा एकचिम्टी मुस्कान मुल्यवान उपहार बन्न सक्छ। सुखको चमरोत्कर्षमा एक थोपा आँशु मुल्यवान उवहार हुनसक्छ। श्रीमान श्रिमतीको लागी साथ सबैभन्दा ठूलो उपहार हुन सक्छ। बिलासित्ताका बस्तुहरू उपहार हुदै होईनन्। ति त बहानाहरू हुन्। आफ्नो औकात देखाउने माध्यमहरू हुन। उपहारले प्रापकको अन्तर ह्रिदय चुम्न सक्नुपर्छ। फूलजस्तो नअैलाओस उपहार। सधै ताजकी दिन सकोस। बरू जिन्दगी जीउने मार्गदर्षन बन्न सकोस उपहार।
प्रमोदको बाहुमा आफ्नो कुमारित्व गुमाउदाखेरी आँशुका थोपाहरूले लेखेकीथिई प्रेक्षाले त्यो डायरी। त्यो डायरिमा थिए प्रेक्षा प्रमोदमा बिलय हुदाखेरीका भावहरू। प्रेक्षालाई लाग्यो त्यो डायरिभन्दा नयाँ र बिषेस उपहार के हुन सक्छ र प्रमोदका लागी? प्रमोदले जवजव त्यो डायरि पढ्नेछ तवतव प्रमोद आफ्नो जीन्दगीको सबैभन्दा खुसीको क्षणमा पुग्नेछ।
अबेर प्रमोद कामबाट घर फर्कियो। गेटमै कुरिरहेकि प्रेक्षाले प्रमोदलाई रंगहरू फुङ्ग उढेर खुईलीएको पुरानो डायरी उपहार दिदै भनी “ह्याप्पी टेन्थ म्यारिज एनिभर्सरि डियर जिन्दगी”
प्रमोदले पनि बर्षगाठको रौनक सस्पेन्स राखेको रहेछ। अंकमाल गर्दै उसले हातमा ल्यएको उपहार प्रेक्षालाई दियो ।