केशब पुरीको अध्यक्षतामा ‘पुम्से सेमिनार’ सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ५, २०७५

  • अशोज ५, काठमाडौं । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ द्वारा आयोजित नयाँ पुम्से सेमिनारको अशोज ४ मा सम्पन्न भएको छ । केशब पुरीको अध्यक्षता तथा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    पुम्से सेमिनारमा दक्षिणकाली नगर पालिकाको उपमेयर बसन्ती डङ्गोल तामाङ, नेपाली सेनाका सहायक रथी मिन ध्वज खड्का, पूर्व शिक्षा आयोगका सदस्य शुप्रभात भन्डारीलगायत केन्द्रीय समितिको पदाधिकारीहरु, प्रदेश नं ३ का पदाधिकारी तथा सदस्यहरु, प्रशिक्षित खेलाडीहरुको सहभागिता रहेको प्रदेश ३ का संयोजक केशव पुरीले जानकारी दिनुभयो ।

    गत भदौ ३१ गतेदेखी सञ्चालन भएको पुम्से सेमिनारमा तेक्वान्दोबाट करिब दुई सय भन्दा बढीले भाग लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार