पत्रकार श्रीश भण्डारीको ‘अठोट’ बजारमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २३, २०७५

  • काठमाडौं, पुष २३ ।  दुई दशकदेखि पत्रकारितामा संलग्न श्रीश भण्डारीको अठोट  पुस्तक प्रकाशित भएको छ । सरल भाषामा लेखिएको यो पुस्तक १८ वटा अध्यायमा बाडिएको छ । सबै उमेर समूहका व्यक्तिले यो पुस्तक पढेर ज्ञान हासिल गर्न सक्छन् । अझ कोर्सका पुस्तकहरूमा मात्र सीमित नभै कोर्सबाहिरका पुस्तकमा रुचि जगाउन यो पुस्तकले सहायक भूमिका खेल्नेछ ।

    हरेक अभिभावकहरूले कसरी आफ्ना बालबालिकाहरूलाई स्याहार्ने, रेखदेख गर्ने, संस्कार दिने, शिक्षा दिक्षा दिने, यसबारे जानकारी दिन पुस्तकले मद्दत गर्नेछ । आफ्ना आनीबानी कसरी सुधार्ने, परीक्षाका बेला कसरी तयारी गर्ने, पढाइमा कसरी रुचि जगाउने, रिस कसरी नियन्त्रण गर्ने, कस्तो साथी छनौट गर्ने जस्ता विषयमा यस पुस्तकले ज्ञान दिन्छ ।

    संसारका प्रख्यात व्यक्तिहरू कन्फ्युसियस, शुकरात, अब्राहम लिंकन, अल्बर्ट आइन्सटाइन, आइज्यक न्युटन गिजुभाइ, गौतम बुद्ध, चार्ल्स डार्बिन, जेके रोलिङको जीवनीबारे रोचक जीवनी समेटिएको यो पुस्तक बालबालिका र अभिभावक दुवैका लागि पठनीय छ । इटर्नल पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तकको मूल्य ३ सय ५० रुपैया राखिएको छ । यसअघि लेखक भण्डारीको एड्भान्स जर्नालिज्म  पुस्तक प्रकाशित भैसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार