गायिका सुशीला गौतमको तीज कोशेली ‘रातो भाले’ ले मन जित्दै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन ९, २०७५

  • काठमाडौं, साउन ९ । गायिका सुशीला गौतमको नयाँ तिज कोसेली रातो भाले सार्बजनिक भएको छ । युट्युबमा अपलोड गरिएको तीन हप्तामै एक लाख ७४ हजारले हेरिसकेका छन् ।  बि स्टार फिल्मस्को प्रस्तुतीमा सार्बजनिक भएको रातो भाले गीतमा चर्चित गायक खुमन अधिकारीले साथ दिएका छन् । यस गीतमा गायिका शुसीलाकै शब्द र खुमनको लय रहेको छ ।

    यस गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको रातो भालेमा मिलन बिकको सम्पादन रहेको छ । बि.स्टार फिल्मस्ले दृश्य निर्माण गरेको हो । उक्त गीतमा चर्चित मोडल रिना थापा मगर, प्रकाश सपुत, गायक खुमन अधिकारी र गायिका सुशीला गौतमको अभिनय रहेको छ ।

    गायिका शुसीलाले यसअघि ‘माइतीको माया’, ‘गफ लायो सोल्टीले’……… जस्ता चर्चित गीतहरु बजारमा ल्याईसकेकी छिन् । थुप्रै लोकदोहोरीमा पनि उनले आवाज भरेकी छिन् ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार