टान र मजदुर युनियनहरुबीच सहमति, सचिवालयको ताला खोलियो 


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर १३, २०७५

  • काठमाडौं, मंसिर १३ – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र मजदुर युनियनहरुबीच नेपाल पर्यटन बोर्डको हलमा भएको वार्ता सफल भएको छ । आजैबाट टान सचिवालयमा ३ दिनदेखी लगाईएको ताला खोलिएको छ । भोलीबाट सचिवालय पुर्ण रुपमा खोलिने छ । वार्तामा टानका अध्यक्ष नवराज दाहाल, प्रथम उपाध्यक्ष जीवन थापामगर, महाचिब आङ पेम्बा शेर्पा, टानका मजदुर विभागका संयोजक जंगबहादुर लामा र टानका मिडिया प्रमुख गोपाल श्रेष्ठ, त्यसैगरी युनिट्रभका अध्यक्ष सुमन पराजुली, अखिल नेपाल पर्यटन जदुर संघका अध्यक्ष रामचन्द्र ढुंगाना, नेपाल श्रमिक संगठनका अध्यक्ष पाण्डे लगायत अन्य मजदुर नेताहरु उपस्थित भएका थिए साथै वार्तामा कानुनविद् तथा पर्यटन बोर्डका पुर्व सदस्य घनेन्द्र बहादुर श्रेष्ठ र पर्यटन बोर्डका पुर्व सदस्य राजेन्द्रप्रसाद सापकोटाको पनि उपस्थिती रहेको थियो ।

    सहमति अनुसार पर्यटन क्षेत्रमा क्रियाशिल मजदुरहरुले पाउदै आएको ज्यालामा २०१९ को जनवरी १ बाट २० प्रतिशतले वृद्धि गरिएको, ईन्सुरेन्समा पुर्व कार्यसमितिका निर्णयलाई पुर्ण रुपले लागु गर्ने, टिम्सको मजदुर कल्याणकारी कोषबाट आउने १० प्रतिशत रकम पुर्ण रुपमा मजदुरकै लागी प्रयोग गर्न पहल गर्ने र सोको लागी टानले मजदुरहरु रहने गरि कार्यदल बनाउने, मजदुरहरु मरेमा काजक्रिया वापत १ लाख रुपैंया मृतकको परिवारलाई दिनुपर्ने, मजदुरहरुको लागी टिम्सको रकमबाट तालिमहरु दिइनु पर्ने, मजदुरहरुको सामाजिक सुरक्षा र कम्पनीका कार्यरत मजदुरलाई बर्षको एकपटक चाडवाड खर्च नेपाल सरकारको नियम अनुसार दिनुपर्ने, आफुखुशी पदयात्रामा जाने पर्यटकहरुलाई रोक्न टिम्स र अन्य पर्मिटहरु बन्द गराउन टान र मजदुर संगठनहरु मिलेर तत्काल आन्दोलन गर्ने, कुनै पनि एजेन्सीको ग्रुप भांडने र राम्रो काम नगर्ने मजदुरहरुलाई कुनै पनि एजेन्सीमा काम नपाउने व्यवस्था गर्ने, प्रत्येक ६/६ महिनामा टानले मजदुरहरुसँग बसेर सम्झौता कार्यान्वयन भयो कि भएन भनेर बैठक राख्ने निर्णय भएको टानका महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार