गीतकार तनुजा शर्माको दोस्रो भिडियो ‘पिउँदिन भन्दाभन्दै…’


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर ३, २०७४

  • गीतकार तनुजा शर्माको दोस्रो म्युजिक भिडियो ‘पिउँदिन भन्दाभन्दै…’ आज सार्वजनिक भएको छ । राजु सिंहको संगीत तथा गायिका दुर्गा खरेलको आवाजमा स्वरबद्ध यो गीतको छायांकन युएन पार्क, नर्लिङ रिसोर्ट तथा झम्सिखेलमा गरिएको हो ।

    हाल जापानमा रहेकी गीतकार शर्माको केहीअघि सातवटा गीत समावेश ‘नशामा’ एल्बम बजारमा आएको थियो । सोही एल्बमको यो गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

    यो भिडियोमा बब्बु थापाको निर्देशन, राजेश घिमिरेको छायांकन, गोपाल रसाइलीको एरेन्जर तथा विष्णु शर्माको सम्पादन रहेको छ । यसमा स्वयं गीतकार शर्मा र नरेन्द्र रौलेको अभिनय छ ।

    गीतको भिडियो :

    प्रतिक्रिया
    सम्बन्धित समाचार