धनुषामा अढाई वर्षीय बालकको घाँटी रेटेर हत्या…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २४, २०७६

  • काठमाडौं, २४ वैशाख । एक बालकको घाँटी रेटी हत्या गरेको अवस्थामा शव बरामद भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केबरमा शम्भु साहको अढाई वर्षीय छोरा आर्यन साहको घाँटी काटेको अवस्थामा शव भेटिएको हो ।

    सोमबार साँझबाट बेपत्ता बालक साहको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज रायले बताए । बालक साह सोमवार साँझ घरमा खेलिरहेकै बेला बेपता भएका थिए । घरका सदस्य नजिकैको धारामा पानी लिएर आएपछि बालक आँगनमा देखिएका थिएनन् ।

    प्रहरी निरीक्षक रायले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार