अमेरिकामा बाघमा पनि देखियो कोरोना


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र २४, २०७६

  • एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखाना एक पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको हो । चिडियाखानाका अनुसार यो चार वर्षे मलायन बाघको नमुना परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको हो । आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले उक्त बाघमा कोरोना भाइरस रहेको पुष्टि गरेको हो ।

    चिडियाखानामा काम गर्ने व्यक्तिबाट नै बाघमा कोरोना भाइरस सरेको अनुमान छ ।

    चिडियाखानाका अनुसार सावधानीपूर्वक बाघको स्वास्थ्य परीक्षण गरिदै छ । कोरोना भाइरसबारे विश्वले गरिरहेको प्रयासलाई योगदान दिने चिडियाखानाले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार