चीनको डरले अमेरिकामा टिकटक प्रतिबन्ध


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १६, २०७६

  • अमेरिकी सेनाले कार्यालय प्रयोजनका मोबाइल फोनमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको टिकटक एपबाट साइबर खतरा रहेको भन्दै कार्यालय प्रयोजनको मोबाइलमा प्रतिबन्ध लगाइएकाे बीसीसीले जनाएकाे छ ।

    टिकटक एपमा अमेरिका सहित विभिन्न मुलुकले कडा निगरानी गर्दै आएको छ । अमेरिकी सेनाहरुमा समेत टिकटक ब्यापक प्रयोग हुँदै आएको छ । कुनै गीत वा हँसाउने भिडियोमा १५ सेकेण्ड जति अभिनय गर्न सकिने यो एप विश्वभर बढी रुचाइएको छ ।

    तर, यसले चीनका लागि गोप्य सूचना संकलन गर्न सक्ने चिन्ताका कारण प्रतिबन्ध लगाइएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकाको निर्वाचनमा समेत यसले प्रभाव पार्न सक्ने त्यहाँका सांसदहरुले चिन्ता गर्दै आएका छन् ।

    टिकटकले भने अमेरिकी प्रयोगकर्ताहरुको डाटा चीन भन्दा बाहिर राखिएकाले चिन्ता लिन नपर्ने बताउँदै आएको छ । अमेरिकामा कार्यालय प्रयोजन बाहेकको मोबाइलमा भने टिकटक राख्न सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार