राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज ११, २०७७

  • काठमाडौँ, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आ-आफ्ना ओहदाका प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ –सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश गरेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार